काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले माग गरेको १० पदका लागि आवेदन दिने भदौ ७ गते अन्तिम दिन रहेको छ । अब आज सहित ३ दिन बाँकि रहेको छ । संस्थाले प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि पनि १ जना, वरिष्ठ अधिकृतका लागि २ जना, अधिकृतका लागि १ जना, सहायक अधिकृतका लागि २ जना, सूपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेका हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भदौ ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।


















