IME Life

शेयर बजार चम्केपछि सरकारलाई पनि फाइदा, एक महिनामै उठायो सवा ४ अर्ब राजस्व

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार लयमा फर्किने थालेपछि सरकारलाई पनि फाइदा भएको छ।

चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा सरकारले पुँजीगत लाभकरबापत लगानीकर्ताबाट सवा ४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो।

Prabhu
Crest

सीडीएससीको तथ्यांकअनुसार साउनमा शेयर लगानीकर्ताले पुँजीगत लाभकरबापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ सरकारलाई तिरेका छन्। गत आर्थिक वर्ष २०८०।८१ को साउनमा शेयर लगानीकर्ताले ४० करोड ८ लाख रुपैयाँमात्रै पुँजीगत लाभकर बुझाएका थिए।

शेयर बजारमा आफूले शेयर बिक्री गर्दा आउने फाइदाबापत सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ। हाल अल्पकालीन लगानीकर्ताले नाफाको ७.५ प्रतिशत, दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।

शेयर किनेको १ वर्षभित्र बेच्नेलाई अल्पकालीन र १ वर्षपछि बेच्नेलाई दीर्घकालीन लगानीकर्ताका रुपमा परिभाषित गरिएको छ।

गत आर्थिक वर्षमा शेयर लगानीकर्ताले पुँजीगत लाभकरबापत ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ सरकारलाई राजस्व तिरेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS