IME Life New

खुम्बुमा हिमताल फुटेर भीषण बाढी आएको पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खुम्बुपासाङल्हमु गाउँपालिकाको थामे खोलाको शिरमा रहेको हिमताल फुटेर शुक्रबार थामेमा विनाशकारी बाढी आएको पुष्टि भएको छ ।  हेलिकप्टरमार्फत् क्षतिग्रस्त स्थलको स्थलगत अध्ययन गरेको सरकारी टोलीले हिमताल विष्फोटबाट नै भिषण बाढी आएको पुष्टी गरेको हो।

थामे खोलामा आएको भीषण बाढीले थामे गाउँमा स्वास्थ्य चाैकी सहित २० घर बगाएको थियो । रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीले शनिबार खुम्बु क्षेत्रमा हवाइ निरिक्षण गरेको हो ।

Esewa
Crest

उता खुम्बु पासाङल्हमु गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरी शेर्पा नेतृत्वको अर्को टोली दोलखा र सोलुको सिमाना रहेको थामे खोलको मुहानमै पुगेको छ । टोलीले टासिलाप्चामाथिको पाँच वटा तालमध्ये दुइवटा साना ताल फुटेको जानकारी गराएको छ।

ताल फुटेर थामे खोलामा आएको बाढी दुधकोशी नदीमा मिसिँदा खुम्बु जाने गोरेटो बाटो क्षतिग्रस्त बनाएको स्थानीयबासिन्दाले बताए । ताल फुटेर पानी बगि सकेकाले माथिल्लो भेगमा थप क्षतिको जोखिम नरहेको गाउँपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS