IME Life
GBIME

दैनिक कारोबारले फेरी बनायो नयाँ रेकर्ड, नेप्से पनि ३००० माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार ४३ दशलमव ०५ अंकले बढेर ३००० दशलमव ८१ को विन्दुमा कामय भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ८३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ६५ करोड माथिको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लगानीकर्ताले ९ दशलमव ६४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS