IME Life New

अरुण भ्याली हाइड्रोपावरको ८८.४३%ले घट्यो नाफा, ईपीएस १६ पैसा मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा ५८ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ८८.४३ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

कम्पनीको विभिन्न जलविद्युत आयोजनाको विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड २२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी २६ करोड २७ लाख रुपैयाँ थियो। विद्युत बिक्रीबाट हुने आम्दानी ५७.२७ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ५ करोड ५० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.१६ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३.०८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS