IME Life New

अपर तामाकोशी रु. २.६८ अर्बले घाटामा, ईपीएस ऋणात्मक, प्रतिशेयर नेटवर्थ रु. ५६.८८ मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी जलविद्युतले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि कम्पनीले ४ अर्ब ९ करोड ८२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समीक्षा वर्षमा कम्पनीको घाटा घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको सञ्चालन मुनाफा ३ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन मुनाफा ३ अर्ब १० करोड १० लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा २८.३३ प्रतिशतले बढेको छ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेर ८ अर्ब ७५ करोड २० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ८ अर्ब १० करोड ९२ लाख रुपैयाँ थियो। विद्युत बिक्रीबाट हुने आम्दानी ७.९२ प्रतिशतले बढेको छ।

चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ९१ करोड ३७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १० अर्ब ४ करोड ६७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२.६९ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ३८.७० रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ५६.८८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS