IME Life New

सेबोनले रिलायन्स स्पिनिङको फाइल सीआईबीलाई बुझायो, प्रारम्भिक अनुसन्धानमा के देखियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणको प्रारम्भिक अनुसन्धान गरेर तयार पारेको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाएको छ।

धितोपत्र बोर्डले आफैँले आइपीओ अनुमति दिएको रिलायन्स स्पिनिङको वित्तीय विवरणको प्रारम्भिक अनुसन्धान गरी फाइल तयार पारेर सीआईबीमा बुझाएको हो। ‘फाइल शुक्रबार सीआईबीमा पठाइएको छ’, धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले भने, ‘अब थप अनुसन्धान सीआईबीले नै अगाडि बढाउनेछ।’

Esewa
Crest

प्रवक्ता अधिकारीले धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययनबाट के देखियो भन्ने विषयमा खुलाउन चाहेनन्। तर, धितोपत्र बोर्ड स्रोतले प्रारम्भिक अध्ययनबाट रिलायन्स स्पिनिङको वित्तीय विवरणमा कैफियत देखिएको बतायो। ‘धितोपत्र बोर्डको ऐनमै झुटा विवरण पेस गर्ने कम्पनीका विषयमा थप अध्ययन गर्न प्रहरीलाई जिम्मेवारी दिन सक्ने प्रावधान छ। सोहीबमोजिम सीईबीआई रिलायन्स स्पिनिङको फाइल पठाइएको हो’, स्रोतले भन्यो, ‘सीआईबीले अनुसन्धान पूरा गरी दिएको सुझावका आधारमा थप कारबाही अघि बढ्छ।’

रिलायन्स स्पिनिङको आइपीओ गत असार २७ गतेबाट वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री खुला गरिने भनिएको थियो। कम्पनीको वित्तीय स्वास्थ्यमा लफडै–लफडा देखिएपछि आमसर्वसाधारणदेखि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिसम्म कुरा उठेको थियो। लेखा समितिले धितोपत्र बोर्डलाई पत्र पठाउँदै वित्तीय अवस्थामा कैफियत देखिएको रिलायन्स स्पिनिङलाई बुक बिल्डिङ विधिमार्फत आइपीओ अनुमति दिनुको कारणबारे प्रस्ट जबाफ पठाउन ७ दिनको समयसीमा दिएको थियो।

लेखा समितिको निर्देशनपछि धितोपत्र बोर्डको रिलायन्स स्पिनिङको आइपीओ रोक्ने निर्णय गरेको थियो। सोहीबमोजिम आइपीओ रोक्न रिलायन्स स्पिनिङ र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र बोर्डले पत्र पठाएको थियो। गत असार २७ गते नै कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राखिएको भन्दै सूचना जारी गरेको थियो।

रिलायन्स स्पिनिङले सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्ने तयारी गरेको थियो। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको थियो। कम्पनी योग्य संस्थागत लगानीकर्तालाई भने शेयर बिक्री गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS