काठमाडौं । शेयर बजारमा दैनिक कारोबार रकमले रेडर्क बनाएको दिन आज १५ वटा ब्रोकरले १ अर्ब रुपैयाँ माथिको कारोबार गरेका छन् । नेप्से परिसूचक आज ७०.८१ अंकले बढेर २९३१.६५ को विन्दुमा बन्द भएको छ। आज २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बढी कारोबार भएको छ। जुन नेपालको शेयर बजारको हालसम्म उच्च कारोबार हो।
आज नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) बाट उच्च कारोबार भएको छ। यो ब्रोकरबाट ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १ अर्ब ९२ करोड २४ लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ भने १ अर्ब ७० करोड रुपैयाँबराबरको शेयर खरिद भएको छ।
दोस्रो इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरबाट २ अर्ब ९ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। जसमा ९९ करोड ६० लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ भने १ अर्ब १० करोड २१ लाख रुपैयाँबराबरको शेयर खरिद भएको छ।
उच्च कारोबारको हिसाबले अनलाइन सेक्युरिटिज तेस्रोमा रहेको छ। यो ब्रोकरबाट २ अर्ब ५ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। जसमा १ अर्ब ४ करोड ४७ लाख रुपैयाँको शेयर बिक्री भएको छ भने १ अर्ब १ करोड ६ लाख रुपैयाँ शेयर खरिद भएको छ।
यस्ता छन् अर्ब माथि कारोबार गर्ने अन्य १२ ब्रोकर
भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)
- कुल कारोबारः १ अर्ब ९१ करोड ७३ लाख
- खरिदः ९१ करोड ७ लाख रुपैयाँ
- बिक्रीः १ अर्ब ६५ लाख रुपैयाँ
डाइनामिक मनिम्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)
- कुल कारोबारः १ अर्ब ८४ करोड ९२ लाख
- खरिदः ९३ करोड ९१ लाख रुपैयाँ
- बिक्रीः ९१ करोड १ लाख रुपैयाँ
सनी सेक्युरिटिज (ब्रोकर नं. ४२)
- कुल कारोबारः १ अर्ब ८४ करोड १५ लाख
- खरिदः ९७ करोड ३१ लाख रुपैयाँ
- बिक्रीः ८६ करोड ८४ लाख रुपैयाँ
आर्यातारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)
- कुल कारोबारः १ अर्ब ६८ करोड ७२ लाख
- खरिदः ८९ करोड ११ लाख रुपैयाँ
- बिक्रीः ७९ करोड ६१ लाख रुपैयाँ
दीपशिखा धितोपत्र कारोबार (ब्रोकर नं. ३८)
- कुल कारोबारः १ अर्ब ३६ करोड १ लाख
- खरिदः ६५ करोड ८३ लाख रुपैयाँ
- बिक्रीः ७० करोड १७ लाख रुपैयाँ
एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७)
- कुल कारोबारः १ अर्ब ३१ करोड ९५ लाख
- खरिदः ६४ करोड ३१ लाख रुपैयाँ
- बिक्रीः ६७ करोड ६४ लाख रुपैयाँ
अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६)
- कुल कारोबारः १ अर्ब २२ करोड ४२ लाख
- खरिदः ६१ करोड ३२ लाख रुपैयाँ
- बिक्रीः ६१ करोड ९ लाख रुपैयाँ
कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ३५)
- कुल कारोबारः १ अर्ब ५० करोड ५ लाख
- खरिदः ५८ करोड ८४ लाख रुपैयाँ
- बिक्रीः ५६ करोड २० लाख रुपैयाँ
प्राइमो सेक्युरिटिज (ब्रोकर नं. १६)
- कुल कारोबारः १ अर्ब १३ करोड १५ लाख
- खरिदः ४९ करोड ६८ लाख रुपैयाँ
- बिक्रीः ६३ करोड ४७ लाख रुपैयाँ
सुमेरु सेक्युरिटिज (ब्रोकर नं. ३९)
- कुल कारोबारः १ अर्ब ३ करोड ३१ लाख
- खरिदः ४६ करोड ९ लाख रुपैयाँ
- बिक्रीः ५७ करोड २२ लाख रुपैयाँ
दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज (ब्रोकर नं. ३३)
- कुल कारोबारः १ अर्ब २ करोड ८७ लाख
- खरिदः ४८ करोड ८ लाख रुपैयाँ
- बिक्रीः ५४ करोड ७८ लाख रुपैयाँ
सिप्रवी सेक्युरिटिज (ब्रोकर नं. २२)
- कुल कारोबारः १ अर्ब २ करोड २७ लाख
- खरिदः ५० करोड ९९ लाख रुपैयाँ
- बिक्रीः ५१ करोड २८ लाख रुपैयाँ