IME Life New

टर्नओभरले नयाँ उचाइ लिएको दिन यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज पनि भारी अंकको बढोत्तरी भएको छ। नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ को विन्दुमा उक्लिएको छ।

बजार लगातार बढ्दा दैनिक कारोबार रकमले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ। आज बजारमा २७ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो नेपालको शेयर बजारको इतिहासमै हालसम्मको उच्च हो।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ५.८५ प्रतिशतले उकालो लागेको छ।

आज १७१ कम्पनीको शेयरभाउ बढ्दा ६८ वटाको घटेको छ भने ३ वटा स्थिर रहेको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालय रिइन्स्योरेन्सः १ अर्ब २२ करोड ८० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९२ करोड २८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ८४ करोड ३६ लाख रुपैयाँ
  • निफ्राः ७२ करोड ९० लाख रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्सः ५७ करोड २५ लाख रुपैयाँ
  • अपी पावरः ५० करोड ८६ लाख रुपैयाँ
  • अपर तामाकोशीः ४९ करोड १३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४१ करोड २८ लाख रुपैयाँ
  • एचआईडीसीएलः ४० करोड ३३ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः ३८ करोड ३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS