काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज तोलामा १ सय रुपैयाँले गिरावट आएसँगै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ थिया ।
आज सुनको मूल्यमा सामान्य गिरावट

















