IME Life New

शेयर बजार सुधारको कार्ययोजना १५ दिनभित्र पेस गर्न अर्थ समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले शेयर बजार सुधारको कार्ययोजना १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

नेपालको पुँजीबजारसम्बन्धी समसामायिक विषयमा छलफल गर्न धितोपत्र बोर्डले देखेका समस्या र समाधानका उपायलगायत अन्य सम्बन्धित विषयमा अर्थ समितिका सदस्य र धितोपत्र बोर्डका अध्यक्षलगायत अन्य पदाधिकारीसँग भएको छलफलपछि यस्तो निर्देशन दिइएको हो।

Esewa
Crest

धितोपत्र बोर्डसँग सम्बन्धित कानुनी एवं अन्य सुधारका पक्षसहितको कार्ययोजना १५ दिनभित्र अर्थ समितिसमक्ष पेस गर्न निर्देशन दिइएको छ।
यसैगरी पुँजीबजार संवेदनशील क्षेत्र भएको र आमलगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राखे हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने पनि समितिले निर्णय गरेको छ।

सबै मिलेर पुँजीबजारलाई थप मजबुत, पारदर्शी र दिगो बनाउनतर्फ लाग्नुपर्नेमा समितिले जोड दिएको छ। समितिले लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षको पदमा उपयुक्त र योग्य व्यक्तिलाई तत्काल नियुक्त गर्न निर्देशन पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS