IME Life New

किन हिन्डनबर्गको रिपोर्टले विश्व व्यापार जगतमा किन मच्चाउँछ हलचल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्ग रिसर्चले आफ्नो एउटा प्रतिवेदनमा भारतको शेयर बजार नियामक सेबीकी अध्यक्ष माधवी पुरी बुच र उनका पति धवल बुचमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएको छ। भारतको व्यापार र वित्तीय बजारमा कथित वित्तीय अनियमितताहरुमा पछिल्लो १८ महिनामा जारी गरिएको यो दोस्रो रिपोर्ट हो। यसअघि जनवरी २०२३ मा हिन्डनवर्गले भारतको प्रमुख औद्योगिक घराना अडानी समूहका बारेमा एउटा रिपोर्ट जारी गरेर हलचल मच्चाएको थियो।

हिन्डनबर्ग रिसर्च एउटा अमेरिकी अनुसन्धान कम्पनी हो। यसको सुरुआत नेट एन्डरसन नामक अमेरिकी नागरिकले गरेका थिए। कम्पनीले फरेन्सिक वित्त अनुसन्धान, वित्तीय अनियमितता, अनैतिक व्यापार अभ्यास र गोप्य वित्तीय मामिला र लेनदेनको अनुसन्धान र विश्लेषण गर्दछ।

Esewa
Crest

सर्ट सेलिङ पनि कम्पनीको एउटा प्रमुख गतिविधि हो। यसले आफ्नो रिपोर्टहरुमार्फत कम्पनीहरुमा आफ्नो स्थिति बनाउँछ। यसले केही कम्पनीको बजारमूल्य घट्न सक्छ कि भनेर थाहा पाउन सक्छ।

कम्पनीका संस्थापक नेट एन्डरसनले आफूलाई एक एक्टिभिस्ट सर्ट सेलरका रुपमा परिचित गराउँछन्। हिन्डनबर्ग रिसर्चले सनु २०१७ देखि काम गरिरहेको छ र दाबी गरेको छ कि यसले हालसम्म १६ वटा यस्ता प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनबाहेक भारत र विदेशका कम्पनीहरुमा अवैध लेनदेन र वित्तीय अनियमितताको पर्दाफास भएको छ।

हिन्डनबर्ग रिसर्चले अफिरिया, पर्सिङ गोल्ड, निकोला र केही अन्य चर्चित कम्पनीहरुमा वित्तीय अनियमितताहरु उजागर गरेको दाबी गरेको छ। हिन्डनबर्ग त्यतिबेला भारतमा चर्चामा आयो जब यसले २४ जनवरी २०२३ मा अग्रणी औद्योगिक घर अडानी समूहविरुद्ध एक रिपोर्ट जारी गरेको थियो। रिपोर्टमा अडानी समूहका मालिक गौतम अडानीले आफ्नो सात सूचीबद्ध कम्पनीहरुको शेयर हेरफेर गरेर २०२ देखि १०० अर्ब डलर कमाएको दाबी गरिएको थियो।

रिपोर्टमा गौतम अडानीका भाइ विनोद अडानीमाथि पनि गम्भीर आरोप लगाइएको थियो र उनले ३७ शेल कम्पनीहरु चलाउने गरेको उल्लेख गरिएको थियो। जसलाई मनी लान्ड्रिङमा प्रयोग गरिएको थियो। यो रिपोर्टपछि अडानी समूहका कम्पनीहरुले १५० अर्ब डलर घाटा व्यहोरेका थिए। रिपोर्ट आएको एक महिनाभित्र अडानीको कुल सम्पत्ति ८० अर्ब डलरले घटेको थियो। हिन्डनबर्ग रिपोर्ट आएको १० दिनभित्र अडानी विश्वका धनीव्यक्तिहरुको शीर्ष २० सूचीबाट बाहिर थिए। यसबाहेक गौतम अडानीले कम्पनीको २० हजार करोडको एफपीओ पनि रद्द गर्नु परेको थियो। कम्पनीले ठूलो घाटा व्यहोरेको थियो।

यो प्रतिवेदनले भारतमा राजनीतिक वृत्तमै हलचल ल्याएको थियो। कम्पनीको कथित आर्थिक अनियमितताबारे संसदमा प्रश्न उठेको थियो। मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतले पछि यो मुद्दा खारेज गरिदिएको थियो।

हिन्डनबर्ग रिसर्चले आफ्नो रिपोर्ट र अन्य प्रकारका कारबाहीका कारण धेरै कम्पनीको शेयर घटेको दाबी गरेको छ। अडानीभन्दा पहिले हिन्डनबर्गको नाम जोडिएको ठूलो ट्रक कम्पनी निकोला थियो। यो मुद्दा अदालतमा पुगेपछि निकोला कम्पनीका संस्थापक दोषी ठहर भए।

ब्लुमबर्गको प्रतिवेदनअनुसार हिन्देनबर्गले सन् २०२० देखि हालसम्मका ३० कम्पनीको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै ती कम्पनीको शेयरभाउ औसत १५ प्रतिशतले घटेको छ।

आगामी ६ महिनामा यी कम्पनीको शेयर औसत २६ प्रतिशतभन्दा बढीले घटेको प्रतिवेदनमा उल्लेख छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS