काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९४ दशलमव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एनएचपीसी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रीसीटि एण्ड इन्भेष्टमेन्ट, खानीखोला हाइड्रो, आँखुखोला जलविद्युत, अपर तामाकोशी, शुभव पावर, आत्मानिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज २१ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।