IME Life New

शिवम सिमेन्टको ५७.९३%ले खुम्चियो नाफा, आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा कम्पनीले २५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ५७.९३ प्रतिशतको संकुचलन आएको छ।

Esewa
Crest

चौथो त्रैमाससम्ममा कम्पनी उत्पादन बिक्रीबाट ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले उत्पादन बिक्रीबाट ७ अर्ब ७५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो। आम्दानी पनि ०.५८ प्रतिशतले घटेको छ।

कम्पनीको उत्पादन बिक्री लागत भने बढेर ६ अर्ब ६७ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष उत्पादन बिक्री लागत ६ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ९४ करोड ३ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.९८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS