काठमाडौं । साउन २४ गतेसम्मको तथ्यांकलाई आधार मान्दा नेपाल दुरसंचार कम्पनीको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ९१ अर्ब बजार पूँजीकरण रहेको छ। त्यस्तै दोश्रोमा नबिल बैंकको पूँजीकरण १ खर्ब ७० अर्ब रहेको छ । त्यस्तै तेश्रोमा नागरिक लगानी कोषको पूँजीकरण १ खर्ब ४३ अर्ब रहेको छ । चौथोमा नेपाल पुनर्बीमा कम्पनीको पूँजीकरण १ खर्ब ३१ अर्ब रहेको छ । एक खर्ब माथि पूँजीकरण भएका ४ कम्पनी रहेका छन् ।
पूँजीकरण धेरै भएका कम्पनीहरुको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ । धेरै पूँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पूँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ ।