IME Life New

सर्वोत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको लकइन सकिँदै, कहिलेबाट खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको लकइन अवधि आउँदो भदौ २५ गतेमा सकिने हुने भएको छ।

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्दा योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको २४ लाख कित्ता र सर्वसाधारण छुट्याइएको शेयरबाट ५ प्रतिशतले हुन आउने सामूहिक लगानी कोषलाई बाँटफाँट गरिएको १ लाख ५४ हजार २२७ कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।

Esewa
Crest

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आइपीओ बिक्री गरी २०८० फागुन २५ गते बाँडफाँट गरेको थियो । नियामकीय व्यवस्थाबमोजिम त्यस्ता शेयर बाँडफाँट भएको मितिले ६ महिना लकइनमा राख्नुपर्ने हुन्छ। सोही कारणले आउँदो भदौ २५ गते ६ महिना पुगेपछि लकइन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS