काठमाडौं । प्रभु महालक्ष्मी लाइफले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुखको लागि केही र मार्केटिङ कर्मचारी केही संख्यामा माग गरेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ३१ गतेभित्र सम्पुर्ण कागजातहरुको साथमा आफुलाई काम गर्न पायक पर्ने शाखा तथा उपशाखाका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


















