IME Life New

टीएमएससम्बन्धी गुनासा सुनुवाइको प्रबन्ध मिलाउन ब्रोकरलाई नेप्सेको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सम्बन्धी गुनासा सुनुवाइका लागि आवश्यक प्रबन्ध मिलाउन सदस्य दलाल कम्पनी (ब्रोकर)हरुलाई निर्देशन दिएको छ।

नेप्सेले आज एक परिपत्र जारी गर्दै ब्रोकरहरुलाई यस्तो निर्देशन दिएको हो। ‘टीएमएस सञ्चालनसम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताले भोगेका विभिन्न समस्या एवं गुनासाको सम्बन्धित ब्रोकरबाट यथोचित सम्बोधन गरी समस्या समाधान गर्ने कार्य नभएको नेप्सेमा पटकपटक लगानीकर्ता एवं सम्बन्धित सरोकारवालाबाट गुनासा र उजुरी प्राप्त भएका छन्’, नेप्सेले भनेको छ।

Esewa
Crest

आफ्ना ग्राहकहरुबाट आउने गुनासाको उचित सुनुवाइ गरी समस्या समाधान गर्ने दायित्व सम्बन्धित ब्रोकरकै रहेको नेप्सेले प्रस्ट पारेको छ। त्यसैले लगानीकर्ताहरुबाट प्राप्त हुने गुनासा सुनुवाइका लागि आवश्यक प्रबन्ध गरी सोको जानकारी यथाशीघ्र गराउन ब्रोकरहरुलाई नेप्सेले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS