काठमाडौं । शेयर बजारमा आज उछाल आएको छ। नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ को विन्दुमा उक्लिएको हो।
नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा आज हरियाली छाएको छ। सबैभन्दा बढी चमक अन्य र वित्त समूहमा देखिएको छ।
यो दिन २३९ वटा कम्पनीको शेयरभाउ बढ्दा ३ वटाको घटेको छ। कारोबार भने हिजोको तुलनामा घटेर १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँबराबरको भएको छ। हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ६५ करोड ५५ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ५५ करोड ७३ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४६ करोड २१ लाख रुपैयाँ
- चिलिमे हाइड्रोपावरः ३५ करोड रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः ३४ करोड ७५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड ३९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३३ करोड २४ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ३१ करोड ८४ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः २९ करोड ९४ लाख रुपैयाँ