IME Life
GBIME

शेयर बजारको गतिलो बाउन्स ब्याक, १०८ अंकले बढेको नेप्सेमा करिब १८ अर्बको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा भारी अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०८ दशलमव ३५ अंकले बढेर २,७५९ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले घटेको बजारमा आज भने ४ दशलमव ०८ प्रतिशतको बढोत्तरी भएको छ ।

आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमलयन रिइन्स्योरेन्सको शेयर खरिद विक्री भएको छ । आज यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको ५५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज बोटलर्स नेपाल बालाजू, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटिी होटल र हिालयन रिइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक डिबेञ्चर २०८३ /८४ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS