GBIME
IME Life

बीओ टु बीओ कार्य अनिश्चितकालका लागि स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने बीओ टु बीओ कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सीडीएससीले आज एक सूचना प्रकाशित गरी बीओ टु बीओ कार्य अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो। हाल एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य बीओ टु बीओ उल्लेख्य रुपमा वृद्धि हुन गएको र यसले सम्पूर्ण कार्य सञ्चालनमा प्रभाव पर्न गएकोले साउन २३ गतेबाट अर्को सूचना जारी नहुन्जेलसम्म यो कार्य स्थगित गरिएको सीडीएससीले जनाएको छ।

SKYWELL
Crest

बैंकबाट बन्धकी राख्नका लागि अनिवार्य गर्नुपर्ने र कुनै आर्थिक दायित्व सिर्जना हुने पुष्टि हुने कागजात भएको हकमा मात्र बीओ टु बीओ कार्य गरी स्वीकृतिका लागि पठाउन पनि सीडीएससीले आग्रह गरेको छ।

यसका साथै बीओ टु बीओ कार्य नहुँदा लगानीकर्तालाई दोस्रो बजारमा हुने खरिदबिक्रीमा कुनै बाधा उत्पन्न नहुने सम्बन्धित डिम्याट खातावाला हितग्राहीलाई जानकारी गराउन सीडीएससीले आग्रह गरेको छ। यथाशीघ्र प्रणालीमा परिमार्जन गरी छिटोछरितो रुपमा बीओ टु बीओ हस्तान्तरण कार्यलाई सुचारु गरिने सीडीएससीले जनाएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS