IME Life New

शेयर बजार राताम्मे हुँदा एकैदिन लगानीकर्ताको रु. २ खर्ब ३० अर्ब स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा राजनीतिक प्रभाव पर्दा आज लगानीकर्ताले ठूलो धनराशि गुमाउनु परेको छ।

शेयर बजारप्रति नेताहरुको अभिव्यक्तिको मार आज लगानीकर्ताले खेप्नुपरेको हो। आज शेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा झरेको छ। बजारमा पहिरो जाँदा लगानीकर्ता आज एकैदिन सवा २ खर्ब बढी रुपैयाँ गुमाएका छन्।

Esewa
Crest

भारी अंकको गिरावटका साथै नेप्सेको कुल बजार पुँजीकरण घटेर आज ४२ खर्ब ८ अर्ब ४६ करोड ९५ लाख रुपैयाँमा झरेको छ। हिजो कुल बजार पुँजी ४४ खर्ब ३८ अर्ब ७२ करोड २१ लाख रुपैयाँ थियो। योसँगै लगानीकर्ताको २ खर्ब ३० अर्ब करोड २५ लाख रुपैयाँ स्वाहा भएको छ।

आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। योसँग शेयर बजारमा दैनिक कारोबारले नयाँ कीर्तिमान कायम भएको छ। यसअघि गत साउन १६ गते २१ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो र आज तोडिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS