काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४५ अंकले घटेर २,६५१ को विन्दुमा कायम भएको छ । राजनीतिक अभिव्यक्ति हाबी हुँदा आज शेयर बजारमा पहिरो गएको हो । यद्यपी आजै शेयर बजारमा दैनिक कारोबारले नयाँ रेकर्ड बनाएको छ । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । आज १६ कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज ८ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।