IME Life New

शेयर बजारमा पहिरो खसेको दिन यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दैनिक कारोबारले नयाँ रेकर्ड बनाएकै दिन आज शेयर बजारमा भारी गिरावट आएको छ। नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा झरेको छ।

बजारमा पहिरो जाँदा ८ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। २३३ कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

Esewa
Crest

आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। योसँग शेयर बजारमा दैनिक कारोबारले नयाँ कीर्तिमान कायम भएको छ। यसअघि गत साउन १६ गते २१ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो र आज तोडिएको छ। आज बजारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ४८ करोड ३६ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ४३ करोड १८ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४२ करोड २३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४१ करोड ३ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ४० करोड २८ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ३३ करोड ७८ लाख रुपैयाँ
  • नेपाल लाइफः ३३ करोड २३ लाख रुपैयाँ
  • अपी पावरः ३२ करोड १९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड ३४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS