IME Life New

तोकिएको समयभित्र उद्योग सञ्चालन नगर्ने विदेशी लगानीकर्ताको धरौटी जफत हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। तोकिएको समयभित्र उद्योग सञ्चालन नगर्ने विदेशी लगानीकर्ताको धरौटी जफल हुने भएको छ।

उद्योग विभागले एक सूचना जारी गर्दै उद्योग सञ्चालन गर्न विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने जानकारी गराएको हो। ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्तालाई विभागले आह्वान गरेको हो।

Esewa
Crest

धरौटी फिर्ताका लागि विवरण खोलिएको माग निवेदन, उद्योग सञ्चालनमा आएको प्रमाण करचुक्ता (शून्य कारोबार आएमा नमानिने), लगानी भित्र्याएको प्रमाण, उद्योग दर्ताको प्रमाण, धरौटी रकम जम्मा गरेको सक्कल प्रति, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अध्यावधिक प्रमाणपत्रसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

तोकिएको समयभित्र लगानीकर्ताले स्वीकृत लगानी भित्र्याएको प्रमाण र उद्योग सञ्चालनको जानकारी नगराएमा धरौटी रकम जफत हुने विभागले जनाएको छ। ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा औद्योगिक व्यवसाय ऐन र नियमावलीमा तोकिएको अवधिभित्र स्वीकृत लगानी भित्र्याउने र उद्योग सञ्चालनमा ल्याउनुपर्छ’, सूचनामा भनिएको छ।

विभागले नयाँ लगानीकर्ताको हकमा समेत ऐन र नियमावलीले तोकेको समयभित्र लगानी भित्र्याई उद्योग सञ्चालनमा ल्याउन आग्रह गरेको छ।

Doi Notice

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS