IME Life New

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छः उपाध्यक्ष बैद्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि बिरगंजमा आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा बैद्यले सो कुरा राखेका हुन् । बैद्य सो उद्घाटन समारोहका प्रमूख अतिथि थिए ।

उद्घाटन कायक्रममा बोल्दै प्रमुख अतिथि सुरकृष्ण बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो, यसको अर्थतन्त्रमा योगदान बिषयबारे जानकरी गराउनका साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नु रहेको बताएका थिए ।

Esewa
Crest

त्यस्तै, स्याहार कामको लागि बैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएता पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार संगसंगै निजि क्षेत्र र यसका सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेकाले अन्तरास्ट्रिय श्रम सङ्गठको सशक्त महिला सम्बृद्ध नेपाल परियोजाना संगको सहकार्यमा मदेश, कर्णाली र सुदुरमश्चिम प्रदेशहरुमा कार्यक्रम गरिदै आईरहेको बताए ।

त्यसैगरि, अन्तरास्ट्रिय श्रम संगठन नेपालका Technical Expert on Inclusive Growth   अक्साना लिप्कानुले परियोजनाको शिर्षकले नै सशक्त महिला सम्बृद्ध नेपाल शिर्षकले नै महिला तथा बालिका केन्द्रित रहेको जस्तो देखिएता पनि त्यो नभएर श्रम बजार र व्यवसायको प्रवर्द्धन पनि रहेको बारे प्रस्ट्एका थिए ।

त्यसैगरी, महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगंज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बताए । कार्यक्रमका अर्का वक्ता महासंघका केन्द्रीय सदस्य एवं कृषी उधम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरु हुन पर्ने जानकारी दिए ।

तीन दिने तालिम उद्धघाटन कार्यक्रम नेउवामहासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदेश अध्यक्षका तर्फबाट सबै सहभागीहरुलाई स्वागत गर्दै यी र यस्ता पैरवीका कार्यक्रमहरु संगै सरकार र महासंघले श्रम संरक्षणका कार्यक्रमलाई पनि महत्व पर्नेमा जोड दिए ।

कार्यक्रमको उद्देश्य बारे महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तरास्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, ब्यवासायीक प्रथिस्थानका साथै श्रम रोजगार कार्यालय, बिरगंज नगरपालिकाबाट झन्डै करिब ६५ जनाको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS