काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३५ दशलमव ५५ अंकले बढेर २,६९६ को विन्दुमा कायम भएको छ । आज १८९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ ।
आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।