IME Life New

करेक्सन आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा कारोबार भने बढेको छ। आज साढे १९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

Esewa
Crest

यो दिन १६८ कम्पनीको शेयरभाउ घट्दा ७० कम्पनीको बढेको छ। ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा घटेको छ भने २ वटामात्रै बढेको छ। व्यापार समूह सर्वाधिक ४.५४ प्रतिशतले घट्दा वित्त समूह सर्वाधिक १.८८ प्रतिशतले उकालो लागेको छ।

बजारमा आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। चारवटा वाणिज्य बैंकको उच्च कारोबार१० कम्पनीभित्र परेका छन्।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ६१ करोड १२ लाख रुपैयाँ
  • कुमारी बैंकः ५५ करोड २२ लाख रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ३९ करोड १८ लाख रुपैयाँ
  • प्रभु बैंकः ३८ करोड १४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३६ करोड ९१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३६ करोड ८६ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः ३४ करोड ३५ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ३४ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड २३ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः ३० करोड २७ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS