IME Life New

झन्डै रु. १७ अर्बको विद्युत निर्यात, नेपाल बन्यो खुद विद्युत निर्यातकर्ता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ मा नेपालबाट झन्डै १७ अर्ब रुपैयाँबराबरको विद्युत भारततर्फ निर्यात भएको छ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारततर्फ निर्यात गरेको हो। यसबापत प्राधिकरणले १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ।

Crest

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगमलाई बिक्री गरिरहेको छ। एनभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ। निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८.७२ रुपैयाँ छ।

प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत आयात गरेको छ। सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत आयात गरिएको थियो। हिउँदयाममा आयात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९.१७ रुपैयाँ छ।

गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत भारततर्फ निर्यात भएको छ। यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत निर्यात भएको हो। निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको ३ वर्षमा नै नेपाल विद्युतको खुद निर्यातकर्ता बनेको छ।

आव २०७९।८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत आयात गर्नु परे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए। ‘६–७ वर्षअघिसम्म विद्युत आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिबाट भारतीय प्रतिश्पर्धी बजारमा विद्युत निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो, अब गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भए पनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुंगा हो’, घिसिङले भने, ‘विद्युतको पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आउँदा र विद्युत निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ, यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको छ।’

नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो। सुरुमा विद्युत आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश पाएको थियो। हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७०० मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ। प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत निर्यात अनुमति पाएको छ।

घिसिङले मध्यकालीन सम्झौताअनुसार थप ४०० मेगावाट विद्युत निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गरे। ‘हरियाणा र बिहार राज्यलाई बिक्री गर्ने गरी थप ४०० मेगावाट विद्युत निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बंगलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौं’, उनले भने।
‘लिऊ या तिर’ सर्तसहित विद्युत खरिदबिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामाबाहेक सारभूत रुपमा खेर गएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS