IME Life New

बैंकिङ सेक्टर चम्केको दिन यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। सुरुमा दुईपटक अपर सर्किट ब्रेक लागेको नेप्से परिसूचक पछि सम्हालिँदै ११३.४२ अंकले बढेर २६८१.५६ को विदुमा बन्द भएको छ।

आज नेप्से उपसमूमा रहेका १३ वटा समूहमध्ये १२ वटा उकालो लागेको छ भने एउटा समूह घटेको छ। आज बैंकिङ समूहमा ९.८९ प्रतिशतको बढोत्तरीका साथ माथिल्लो सर्किट लागेको छ। यो दिन बैंकिङ समूहमा रहेका प्रायः सबै वाणिज्य बैंकको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

Esewa
Crest

बजारमा उछाल आउँदा १४८ कम्पनीको शेयरभाउ बढेको छ भने ८७ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा पौने १६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • कुमारी बैंकः ३६ करोड १० लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ३४ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३२ करोड २५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३२ करोड २२ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः २७ करोड ९७ लाख रुपैयाँ
  • प्राइम कमर्सियल बैंकः २७ करोड ५८ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २५ करोड ८२ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः २५ करोड ६९ लाख रुपैयाँ
  • कृषि विकास बैंकः २५ करोड ५५ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः २४ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS