SKIP THIS

National Insurance
IME Life

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, यस्तो पर्छ मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वर्ल्डलिंकले दुईमा चार अफर ल्याएको छ । एकै पटक दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्यसमेत सस्तो पर्ने ‘दुईमा चार अफर’ सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकको यस अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छूट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेटटप बक्ससमेत सित्तैमा पाइने जनाइएको छ । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै,२५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ छ । यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन् ।

जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३ हजार ३०० रुपैयाँ, छ महिनाका लागि ६ हजार ४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउने कम्पनीले जनाएको छ ।

यता, २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३ हजार ६०० रुपैयाँ, छ महिने प्याकेजको ७ हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ छ । यस बाहेक ३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि ४ हजार ५० रुपैयाँ, छ महिनाका लागि ७ हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क पर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS