IME Life New

कक्षा ११ को छात्रवृत्ति पाउने २ हजार ८५९ जना विद्यार्थीको नामावली प्रकाशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि साउन ४ गते लिइएको परीक्षाबाट मनोनयन सूची लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीको नाम शनिवार प्रकाशन भएको छ । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार सो विवरण इमेलबाट विद्यालयहरुलाई पठाइएको हो ।

विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्ने जनाइएको छ। परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको जनाएको छ ।

Esewa
Crest

परीक्षाबाट मनोनयन सूची लिष्टमा परेका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना गरिसक्नुपर्नेछ । छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले भने, ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दावी विरोध गर्न पाइँदैन ।’ शर्मा भन्छन्, ‘साउन १५ गतेभित्र भर्ना नभइ रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।’

त्यस्तै, विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध रहेको छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिएका थिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भएका थिए । सोमध्ये ६ हजार ७२० जना उत्तीर्ण भएका हुन् । । उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको जनाइएको छ ।

त्यसैगरी व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा रहेको छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिएका थिए । २ हजार ३२८ जनाले परीक्षा दिएकोमध्ये १ हजार ३८१ जना उत्तीर्ण भएका छन् । यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ ।

यता, कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा रहेको थियो । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ ।

मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए ।

शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा रहेको थियो छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ । छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।

प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए । जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो ।

विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरुको नम्बर उपलब्ध गराएको छ । यसप्रकारको समस्या भएमा ०१ ४१६८७२० कार्यालय समयमा, शिक्षा अधिकृतहरु नेत्रनारायण पौडेल ९८५११९९९४५, इन्द्रप्रसाद दाहाल ९८५१०६६६१७, ओमप्रसाद गौत्तम ९८५१२०२५१८ र केशव ज्ञवाली ९८४८७७७१८८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS