काठमाडौं । मौद्रिक नीति सकारात्मक आएसँगै साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा फेरि दोस्रो माथिल्लो सर्किट लागेको छ। योसँगै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।
यसअघि बजार खुलेको २ मिनेटमै माथिल्लो सर्किट लागेको थियो। योसँगै शेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो।
नेप्से परिसूचक अहिले ५ प्रतिशतले बढेर २६९७.२१ को विन्दुमा उक्लिएको छ। बजार १२९.०७ अंकले बढेको हो।बजारमा ५२ करोड ४९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
अहिलेसम्म कुमारी बैंकको सबैभन्दा धेरै भएको देखिएको छ भने ९ वटा कम्पनीको शेयरभाउमा पोजिटिभ सर्किट लागेको छ।
नेप्से उपसमूह सबै समूहमा हरियाली छाउँदा २२१ कम्पनीको शेयरभाउ बढेको छ भने ११ कम्पनीको शेयरभाउ घटेको छ। ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।