SKIP THIS

National Insurance
IME Life

नेपालमा लगानीका प्रशस्त अवसरहरू छनः अध्यक्ष ढकाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिश लगानीकर्ताहरूलाइ नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरे ।

भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्याङ्कलाई पनि प्रकाश पार्दै बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्याम्बरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे । उनले दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताए ।

Prabhu
Crest

ढकालले पछिल्लो दशकमा नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशत देखि ६ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले आठवटा लगानी ऐन परिमार्जन गरेको उनले बताए । यी सुधारहरू विदेशी लगानीका लागि थप अनुकूल वातावरण सिर्जना गर्न र नेपालमा व्यापार गर्न सहजता सुनिश्चित गर्न गरिएको हो, उनले भने।

ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको बताए । उनले भारत र चीनबीचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध गराएको उल्लेख गरे। हामीले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले खुला र उदार व्यापार नीति लिएका छौं, उनले भने ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने बताए ।

यसैबीच, बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचले दुई च्याम्बर बीच राम्रो सहकार्य हुन सक्ने बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीका लागि पहल गर्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS