IME Life New

लघुवित्तमा उछाल आएको दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा उक्लिएको हो।

आज नेप्से उपसमूहमा रहेका १३ वटामा ९ वटा समूह बढेको छ भने ४ वटा समूह घटेको छ। लघुवित्त समूह सर्वाधिक ६.८३ प्रतिशतले बढ्दा लगानी समूह सर्वाधिक ०.७३ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन १४३ कम्पनीको शेयरभाउ बढेको छ भने ९६ वटाको घटेको छ। ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

कारोबार भने हिजो तुलनामा घटेको छ। आज १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा जीआईसी इन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा जीआईसी इन्स्योरेन्स ३४ करोड १७ लाख रुपैयाँ
  • हिमालयन लाइफः २४ करोड ६४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २३ करोड ७२ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः २३ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ६८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १९ करोड ९८ लाख रुपैयाँ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः १९ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ५६ लाख रुपैयाँ
  • छिमेक लघुवित्तः १७ करोड ८९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १७ करोड ६२ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS