IME Life New

खल्तीको द बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करण सम्पन्न, १० लाख बढी प्रयोगकर्ता सहभागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीले आफ्नो करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सम्पन्न गरेको छ। गत जेठ १ गतेदेखि असार ३१ सम्म सञ्चालनमा रहेको ६३ दिने अफरमा १० लाखभन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ ।

उक्त अफर अन्तरगत पाँच जना विजेताले पल्सर एनएस २०० एफवान एबीएस बाइक, एक जाले आईफोन १५, ९ जनाभन्दा बढिले अनर एक्स सेभेन बी स्मार्टफोन, एक जनाले गेमिङ ल्यापटपका साथै हरेक दिन एक विजेताले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडीहरू, एयर बढहरू, माउन्टेन फ्लाइटदेखि इन्टरनेट प्याकेज जस्ता सयौं उपहारहरू जितेका थिए।

Esewa
Crest

यस जात्रामा भित्रिएको ‘शेयर अ कोड’ मा सहभागीहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गरेका थिए । ५ लाखभन्दा बढी कुपन बनाएर शेयर गर्दै प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बनेका थिए भने अन्य साथीभाइहरू सो प्रोमोकोड प्रयोग गरी अफर र क्यासब्याकको लाभ लिन सफल भएका थिए।

उक्त अवसरमा करोडौं डिजिटल खुत्रुके फुटाइएको थियो भने खुत्रुकेमार्फत करोडौं बराबरका उपहारहरू प्रदान गरिएिको थियो ।यसका साथै प्रयोगकर्ताले १ करोड वटा भन्दा बढीको स्क्र्याच कार्डहरू पाएका थिए।

यस अफर अन्तर्गत कम्पनीले फेसबुक लाइभमार्फत पाँच वटा पल्सर बाइकका विजेताहरू घोषणा गरेको छ। जसमा ब्रह्म देव महतो,प्रशना श्रेष्ठ,स्वाभिमान जनरल स्टोर्स, सुन्दर कुमार जोशी र र थापा किराना पसल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS