IME Life New

‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउनु पर्छः अध्यक्ष ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरुलाई आग्रह गरेका छन् ।

नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २० औँ वार्षिक साधारणसभालाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै ढकालले करिब १५ वर्षअघि नेपाल युवा उद्यमी मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको बताए ।

Esewa
Crest

ढकालले नेपाल उद्योग वाणिज्य महासंघको युवा संगठनका रुपमा नेपाल युवा उद्यमी मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकोमा प्रशंसा गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा बढाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले गरेको कामको प्रशंसा पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको ढकालले भेलालाई जानकारी दिनुभयो । ढकालले नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई कानूनमा परिभाषित गर्न सफल भएको बताए । नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवद्र्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको ढकालले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले महासंघको विधान संशोधनको मस्यौदा कार्यसमितिबाट पारित गरेको र नेपाल युवा उद्यमी मञ्चको अध्यक्ष पदेन रुपमा कार्यकारिणी समिति सदस्य रहने व्यवस्था समावेश गरिएको ढकालले जानकारी दिनुभयो । यसमा सदस्यताका लागि केही व्यवस्था गर्नुपर्ने बताउँदै उनले आगामी विशेष साधारणसभाले पारित गर्ने र नेपाल युवा उद्यमी मञ्चको नेतृत्व महासंघको नेतृत्वमा पनि पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

देशको अर्थतन्त्रका बारेमा बोल्दै ढकालले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेटघाट गरेको बताए । निजी क्षेत्रको मनोबल उकास्न काम गर्न सरकारलाई आग्रह गरेको र सरकारले महासंघको सुझावहरु सकारात्मक रुपमा लिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS