IME Life New

सर्टिफिकेट अफ मेरिट अवार्डबाट नेपाल क्लियरिङ्ग हाउस सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसलेई नेशनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्सिटीच्युट अफ चार्टर्ड अकाउ्टेण्ट्स अफ नेपालद्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार पाएको हो ।

अघिल्ला वर्षहरुमा समेत कम्पनीले ICAN तथा South Asian Federation of Accountants (SAFA) बाट ‘Best Presented Annual Report Awards’ (बीपीए) पुरष्कार प्राप्त गर्दै आएको छ ।

Esewa
Crest

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवर्द्धित कम्पनी हो। अघिल्ला वर्षहरुमा पनि कम्पनीले आईक्यान या साउथ एशियन फेडेरेसन अफ अकाउ्टेण्ट्सबाट विभिन्न पुरष्कार तथा सम्मानहरु प्राप्त गरिसकेको छ ।

कम्पनीले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको बताएको छ।

कम्पनीले ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत  NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), connectRTGS, National Payments Interface (NPI), connectIPS, CORPORATEPAY / NEPALPAY QR प्रणालीहरू सञ्चालनगरी सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS