काठमाडौं । आज साउन ६ गते आइतबार नेप्से परिसूचक २४८५.९४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ६१.६१ अंकले बढेको छ। १५ अर्ब २३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब ५ करोड ७१ लाखको कारोबार भएको छ जसमा १ अर्ब २१ करोड ४४ लाखको खरीद छ भने ८४ करोड २६ लाखको बिक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ६३ करोड ४५ लाखको खरीद छ भने ६४ करोड ३४ लाखको बिक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले विक्री धेरै गरेका छन्।