IME Life New

दक्षिण एशियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता भएका छन् । ‘दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार’मा सहभागी हुन चीन भ्रमणमा गएका महिला सांसदहरू सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका छन् ।

सांसदहरूले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेट गरेका थिए । महानिर्देशक लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आएका थिए । नेपाली महिला सांसदको ११ सदस्यीय टोलीले माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसङ्ग संयुक्त भेट गरेको हो ।

Crest

भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्नसक्ने बताएका थिए । लुओले कोभिड १९ महामारीका कारण धेरै समस्याको सामना गरेपनि अहिले विस्तारै सबै कुरा लयमा आएको बताएका थिए । ‘राजनीतिमा महिला नेतृत्वको अवस्था राम्रो हुँदै गएको छ । यो भ्रमणका क्रममा तपाईले चीन र यहाँ भएको महिला नेतृत्वको विषयमा अझ बुझ्न सक्नुहुनेछ’, उनले भनेका थिए, ‘अब दिगो विकास लक्ष्य पुरा गर्न ६ वर्ष बाँकी छ । यो धेरै महत्वपूर्ण विषय हो । जुन हामीले गर्नैपर्नेछ ।’

त्यस अवसरमा माल्दिभ्सको विदेश मामिला मन्त्रालयका राज्यमन्त्री शेरीना अब्दुल समदले माल्दिभ्समा ५२ प्रतिशत महिलाको जनसंख्या भएपनि नेतृत्वमा निकै न्यून सहभागिता रहेको बताएका थिए । समस्या कहाँ छ रु के कारणले महिलाहरू नेतृत्वदायी भूमिकामा आउन सकेन भनेर त्यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री समदले बताएकी थिइन् ।

त्यस्तै श्रीलंकन महिला तथा बालबालिका राज्यमन्त्री गीता समन्माली कुमारसिंघे, श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सीथा लगायतले धारणा राखेका थिए ।

नेपालको तर्फबाट भ्रमण टोलीको नेतृत्व गरेकी सांसद शुसिला श्रेष्ठले राजनीतिक रूपमा नेपालमा महिलाका निम्ति ३३ प्रतिशत संघ र प्रदेशको संसदमा महिला सहभागिता सुनिश्चित गरिएको र स्थानीय तहमा करिब ४४ प्रतिशत भन्दा बढी महिला नेतृत्व रहेको बताएकी थिइन् । तर अझैपनि मूल नेतृत्वमा महिलाको सहभागीता बढाउनका निम्ति काम गर्नुपर्ने अवस्था रहेको उनको भनाई थियो । नेपाललगायत श्रीलंका, माल्दिभ्स र पाकिस्तानका महिला मन्त्री तथा सांसदहरुले सेमिनारमा सहभागिता जनाएका थिए ।

यस्तै महिला सांसदहरू बेइजिङमा आयोजित ‘ग्लोबल शेयर्ड डेभलपमेन्ट एक्सन फोरमको दोस्रो उच्चस्तरीय बैठक’मा पनि सहभागि भएका थिए । यो अर्को एउटा उच्चस्तरीय बैठक हो । उक्त बैठकको उद्घाटन समारोहमा मन्त्री तथा सांसदहरु सहभागी भएका हुन् । उक्त बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गरेका थिए ।

असार २४ गते राती चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा ११ जनाको टोली काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ गएको थियो । प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको नेतृत्वमा गएको टोलीमा प्रतिनिधि सभाका सदस्यहरू सूर्यकुमारी श्रेष्ठ, ईश्वरी घर्ती, दुर्गा राई, हर्कमाया विश्वकर्मा, कल्पना मियाँ कुसारी, बिनिताकुमारी सिंह र कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी सहभागी थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय गरेको उक्त भ्रमणमा मन्त्रालयका विज्ञ समिति सदस्य राजकुमारी चौधरी, शाखा अधिकृत प्रतिमा ढकाल र स.नि. देविका घर्ती मगर समेत सहभागी थिए ।

उक्त भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग, परराष्ट्र मन्त्रालय चीन, अखिल चीन महिला महासंघ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको पार्टी स्कुलसँग भेटघाट गरी महिला राजनीतिज्ञको नेतृत्वमा सहभागिता, महिला तथा बालबालिकाको समग्र अवस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको थियो ।

टोलीले चीनको राजधानी बेइजिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सङ्ग्रहालय, महिला विश्वविद्यालय चीन, चिनियाँ राष्ट्रिय महिला तथा बालबालिका सङ्ग्रहालय, ग्रेट वाललगायतको अध्ययनरअवलोकन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS