IME Life New

त्रिविमा एक्चुअरियल साइन्स र डेटा साइन्सका लागि स्नातक तहमा भर्ना खुल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विश्वविद्यालय अन्तर्गतको गणित विज्ञान विद्यालयले एक्चुअरियल साइन्स र डेटा साइन्स विषयमा स्नातक तहका लागि भर्ना खुल्ला गरेको छ । कक्षा १२ उतीर्ण वा नतिजा कुरि रहेका विद्यार्थीले भर्नाका लागि आवेदन दिन सक्ने विश्वविद्यालयले जानकारी दिएको छ।

१) एक्चुअरियल साइन्सः

पछिल्लो समयमा दीर्घकालीन लगानी र वित्तीय जोखिम बहन गर्ने विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रुपमा कहलिएको र आकर्षक कमाई हुने एक्चुअरियल साइन्स विषयको पठनपाठन नेपालमा २०७३ साल देखि नै हुँदै आएको छ। भविष्यमा आउने जोखिम व्यवस्थापन वा रणनीति बनाउने विशेषज्ञ नै बीमाङ्की हो ।

Crest

उत्कृष्ट पेशाको रुपमा  हेरिने यो पेशाका लागि योग्य जनशक्तिको संख्या भने नेपालमा भने एकदमै न्यून रहेको अवस्था छ । विशेषगरी बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतका कोष व्यवस्थापन संस्थाको वित्तीय तथा लगानी जोखिमको व्यवस्थापन र भावी रणनीति बनाउन विशेषज्ञ सुझाव दिने पेशा नै बीमाङ्की पेशा हो ।

यस स्कूलबाट उतीर्ण भएका विद्याथीहरु मध्ये केही उच्च शिक्षा हासिलका लागि अमेरीका, यूरोप, अष्ट्रेलिया र धेरैजसो विद्यार्थीहरु नेपाल तथा भारतका विभिन्न कम्पनीहरुमा कार्यरत छन् । यो विषय अध्ययन गर्नका लागि विद्यार्थीहरुले जुनसुकै धारबाट १०+२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको गणित वा वाणिज्य गणित विषयमा
कम्तिमा सि ग्रेड जिपिए न्यूनतम १.८ वा दोश्रो श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

२) डाटा साईन्सः

त्रिविका अनुसार यो विषयको अध्ययन पुरा गरेपछि तथ्याङ्क विश्लेषकको जनशक्ति नेपालमै उत्पादन भई यसले एकातिर सरकारी तथा नीजि कम्पनी लगायत सेयर बजारका डाटा विश्लेषण गरी प्रवृत्ती पत्ता लगाउन सहज हुनेछ । अर्कोतिर बाह्य देशको डाटाको काम वाट विदेशी मुद्रा हासील गरी देशको आर्थिक स्थिति बलियो बनाउन भूमिका खेल्नेछ ।

यो पाठ्यक्रम अध्ययन गर्नका लागि विद्यार्थीहरुले जुनसुकै धारबाट उच्चमाथि तह वा सो सरहको परीक्षामा न्यूनत्तम १.८ वा दोश्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ ।

प्रवेश परीक्षाः

यी विषय पढ्नका लागि विद्यार्थीहरुले गणित विज्ञान स्कूलको वेभ पेज  https://sms.tu.edu.np  मा अनलाईन मार्फत आवेदन भर्न सक्नेछन्। आवेदन भरीसकेका विद्यार्थीहरुलाई ८० पूर्णाङ्कको लिखित परीक्षामा सामेल गराइनेछ । जस अन्तर्गत गणित, अंग्रेजी, सामान्य ज्ञान र तर्क संगतताको विषयमा १०० पूर्णाङ्ककका लागि १ घण्टा ४५ मिनेटको बहु छनाैट प्रश्नहरु भएको लिखित परीक्षा हुनेछ । लिखित परीक्षा उत्तीर्ण हुन कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ ।

लिखित परीक्षा उत्तिर्ण भएका विद्यार्थीहरुको १० पूर्णाङ्कको अन्तरवार्ता र १० पूर्णाङ्कको शैक्षिक योग्यता वापतको मूल्याङ्कन गरिनेछ । तीनवटै परिक्षाको तालिकीकरण गरी १०० पूर्णाङ्कको योग्यताक्रम सूची तयार गरिनेछ । जसको आधारमा स्कुलले त्रि.वि. सेमेष्टर प्रणाली संचालन विनियम २०७४ अनुसार निर्धारित ४० जनाको सिटमा ८० प्रतिशत अर्थात ३२ जना खुल्ला प्रतिस्पर्धाबाट र २५ प्रतिशत अर्थात् ८ जना समावेशी आरक्षणका आधारमा भर्ना लिईने त्रिवि गणित विज्ञान स्कूलले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

छात्रवृत्तिः

यी विषय पुरा गर्न आठ सेमेष्टरको जम्मा खर्च पाँच लाख तीस हजार छ सय रूपैयाँ शिक्षण शुल्क लाग्नेछ । केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेष्टरको शुरुमा नै किस्ताबन्दीमा तिर्नुपर्नेछ । उत्कृष्ट नतिजा प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रा लाई जेहेन्दार छात्रवृत्ति दिनेछ । त्रिविले यो विषयमा अध्ययनका लागि  कुल भर्ना विद्यार्थीको १० प्रतिशत विद्याथीहरुलाई निःशुल्क छात्रवृत्ति समेत प्रदान गरिरहेको छ ।

मुल्याङ्कनः

सेमेष्टर प्रणाली अनुसार अध्यापन गराइने यो विषयको ४० प्रतिशत आन्तरिक (३० पूर्णाङ्कको) र ६० प्रतिशत (४५ पूर्णाङ्कको) अन्तिम परीक्षा लिइनेछ । आन्तरीक परीक्षा अन्तर्गत प्रस्तुतीकरण, गृहकार्य, प्रोजेक्ट वर्क लगायत दुई वटा परियोजना कार्य दिने गरेको छ ।

विद्यार्थीहरुले चार वर्षको पठनपाठन ठिक चार वर्ष भित्रमै पुरा गरेर स्नातक तहको प्रमाण पत्र  हासिल गरि सक्ने विज्ञप्तीमा उल्लेख छ। हरेक सेमेष्टरको अन्तिममा लिएको जाँचको नतिजा समेत बढिमा एक महिना भित्रै प्रकाशन गरिंदै अ भइ सक्नेछ । समयमा भर्ना, समयमै कक्षा, समयमै परीक्षा र समयमै नतिजा निकाल्नु यस स्कूलको लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS