Connect IPS
IME Life

इन्स्योरेन्समा कहिल्यै असफल नहुने नमिता सन् २०२५ का लागि बनिन् सीओटी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन् २०२५ का लागि सीओटी बन्न सफल भएकी छन् । प्रतिकूल अवस्थाका बावजुद पनि नमिताले यो सफलता हात पार्न सफल भएकी हुन् । सन २०२० बाट पटक पटक एमडीआरटी, टीओटी बन्दै आएकी नमिता २०२५ का लागि भने सीओटी बन्न सफल भएकी हुन् । विभिन्न बाधा र चुनौतिलाई छिचोल्दै आफ्नो यात्रामा अडिक रहेकी नमिताले यो सफलता हात पारेकी हुन् ।

इन्स्योेन्स क्षेत्रकी एक नक्षेत्रको रुपमा उदाएकी नमिता सधै सफल भइरहिन् । इन्स्योरेन्स क्षेत्रको उनको लागि लक्की क्षेत्र हो । यो क्षेत्रमा प्रवेश गरेपछि उनी सधै सफल भएकी छन् । उनी व्यक्तिगत कोडमा मात्रै सफल नभई उनले आफ्नो टिमलाई पनि सर्वोत्कृट बनाएकी छन् । उनले ६ महिनामै सीओटीको लक्ष्य हात पारेकी हुन् ।

Prabhu
Crest

बीमा क्षेत्रमा लागेको छोटो समयमा नै नमिता २०२५ का लागि छनोट भएसँगै ६ पटक एमडीआरटी, ४ पटक सीओटी र दुई पटक टीओटी बन्न सफल भएकी छन् । उनका लागि मात्रै नभई उनले कम्पनीको शिर उच्च बनाएकी छन् ।

सुस्त आर्थिक वृद्धिदरका कारण देखा परेको मन्दी, महँगी र सर्वसाधारणको बचत क्षमतामा आएको संकुचनका बावजुद पनि नमिता पेशाप्रतिको लगनशीलताका कारण सन् २०२५ को लागि ६ महिनाको छोटो अवधिभित्रै सिओटीको लक्ष्य हासिल गर्न सफल भएकी हुन् ।

नमिताका लागि जीवन बीमा पेसा सामाजिक कार्य, व्यक्तिगत जीवनका साथै विभिन्न कुराको लागि दरिलो सारथी बन्न पुगेको छ । त्यसैले त उनले छोटो अवधीमा नै इन्स्योरेन्समा फड्को मारेर नाम, दाम र सम्मान समेत पाउन सफल भएकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS