IME Life New

हकप्रद ल्याउन यी ६ हाइड्रोपावर कम्पनीले मागे सेबोनसँग अनुमति, कसको कति कित्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग थप ६ वटा हाइड्रोपावर कम्पनीले हकप्रद शेयर ल्याउन अनुमति मागेका छन्।

सेबोनसँग हकप्रद ल्याउन अनुमति माग्नेमा बाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर छन्। पिपुल्स पावरले चुक्तापुँजी ५० प्रतिशत र बाँकी ५ वटा सतप्रतिशत हकप्रद ल्याउन सेबोनसँग अनुमति मागेका छन्।

Esewa
Crest

सेबोनले अनुमति दिएमा बाराही हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता, बाराहीले ३१ लाख ६३ हजार कित्ता, दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता, राप्ती हाइड्रोले ६१ लाख २७ हजार ९३८ कित्ता, रिभर फल्सले ७० लाख कित्ता र शिवश्री हाइड्रोपावरले १ रोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछन्।

हकप्रद बिक्री प्रबन्धकमा बाराही र राप्ती हाइड्रोको मुक्तिनाथ क्यापिटल, पिपुल्स पावर र रिभर फल्सको प्रभु क्यापिटल, दोर्दी खोलाको सानिमा क्यापिटल र शिवश्रीको सिटिजन्स क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS