IME Life New

विष्णु पौडेल अर्थमन्त्री भएपछि कति बढ्यो शेयर बजार ? कति भयो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारको अर्थमन्त्रीका रुपमा विष्णु पौडेल रहेका छन्। पौडेल शेयर लगानीकर्ताले रुचाएका व्यक्ति हुन्।

नयाँ मन्त्रिमण्डल गत सोमबार गठन भएको थियो। सोही दिन प्रधानमन्त्री ओलीसँगै नयाँ मन्त्रिमण्डलका सदस्यहरुले पनि शपथ खाएका थिए।

Esewa
Crest

पौडेल अर्थमन्त्रीमा नियुक्त भएकै दिन सोमबार शेयर बजार ओरालो लागे पनि अन्य ४ दिन बजार उकालो लागेको छ। गत साता २२०४.६१ को विन्दुमा बन्द भएको बजार परिसूचक नेप्से यो साता २४२४.३२ को विन्दुमा बन्द भएको छ। यो साता नेप्से २१९.७१ अंकले बढेको छ।

यो साता सबै उपसमूह उकालो लगेको छ भने दैनिक लगातार बढेको छ। आइतबार ७ अर्ब ६१ करोड रुपैयाँबराबरको कारोबार भएमा सोमबार ८ करोड ७३ करोड रुपैयाँ, मंगलबार ९ करोड १३ लाख रुपैयाँ, बुधबार १२ करोड ५ अर्ब रुपैयाँ र बिहीबार १५ करोड ५४ लाख रुपैयाँ भएको छ। यो ५ दिनमा कुल ५३ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। नेप्से र कारोबार दुवै २ वर्षयताकै उच्चस्तरमा पुगेका छन्।

यो साता नेप्सेको कुल बजार पुँजीकरण ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत साता कुल बजार पुँजीकरण ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख रुपैयाँ थियो। यो साता लगानीकर्ताको सम्पत्ति ३ खर्ब ४९ अर्ब ७९ करोड ५२ लाख रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS