IME Life
GBIME

सूर्योदय वोमी लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

SPIL
NIC ASIA new
NLIC

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ।

संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँबराबरको एफपीओ जारी गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गरेको छ।

Crest

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन संस्थाले एफपीओ जारी गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले एफपीओ ल्याउन लागेको हो।

लगानीकर्ताले यो एफपीओमा छिटोमा साउन ८ गते खरिद आवेदन दिन सक्नेछन्। ढिलोमा साउन १८ गते बैंकिङ समयपछि निष्कासन बन्द हुनेछ।

लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’ बाट आवेदन दिन सक्नेछन्।

संस्थाको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS