Connect IPS
IME Life

भरतपुर–२० मा बारुण यन्त्र इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पश्चिम भरतपुरलाई लक्ष्ति गर्दै वडा नम्बर २० बाट सेवा पुर्याउने गरि बिहिबारबाट बारुण यन्त्र (दमकल) इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो इकाईको उद्घाटन गरिन् ।

पश्चिम भरतपुरका झण्डै १५ वटा वडाहरुमा हुने गरेका विपद तथा विपदजन्य घटनाहरुलाई न्यूनीकरण गर्ने उद्वेश्यले बारुण यन्त्रको सेवालाइ थप व्यवस्थित र विस्तार गरिएको महानगरले जनाएको छ ।

Prabhu
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर दुई नदी र जंगलले घेरिएको ठाँउ भएकाले यहाँ प्राकृतिक विपत्तिको सम्भावन धेरै हुने भएकाले बारुण यन्त्र इकाई स्थापना गरिएको उल्लेख गरिन् ।

भरतपुरमा नदीको जोखिमलाई अन्त्य गर्न नारायणी तटबन्धनको काम भइरहेको र जंगली जनावरको नियन्त्रणका लागि मेसजालीसहितको फाउण्डेशनको काम अघि बढेको जानकारी दिइन् ।भरतपुरलाई सुरक्षित महानगर बनाउने गरी वषेर्नी विभिन्न कार्यक्रमहरुलाई अगाडि बढाउदै आएको उनको भनाई थियो ।

त्यस्तै उपप्रप्रमुख चित्रसेन अधिकारीले महानगरपाकिाले भरतपुर २० मा बारुण यन्त्र केन्द्र स्थापना गरी जनतालाई थप सुरक्षित महशुस गराउने प्रयास गरेको बताए । दुरीका हिसाबले भरतपुर २० मध्य भागमा रहेकाले पश्चिम चितवनमा वडाहरुमा प्रभावकारी हुने उनको भनाई थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS