– निर्मल लामिछाने
जीवन बीमा दुई प्रचलित सावधिक र आवधिक
सावधिकमा हुन्छ गुण सुरक्षा, बचत र बोनस अधिक ।
जसको हुन्छ बचत थोरै लिनु लघु बीमा
बचत बढ्दा थप्न मिल्छ यसको अरु सीमा ।
बालकहरु कमाइ हुन्नन् प्रस्तावक राख्नु बुवा वा आमा
जसको कमाइमा टिकेको छ, उनीहरुको परिवारको मा।
जब व्यक्ति वयस्क हुन्छ बुझाइ दिनु सुलभ
शुल्क कम, सुरक्षा ज्यादा बीमा अवधिभर ।
कोही होलान् दुई बीस, बीमा नगरेका
भनिदिनु लिँदा हुन्छ आजीवन सावधिक ।
सुरक्षा र बचत हुन्छ लोक परलोकमा
आजीवनले दिन्छ डबल रकम बीमा परिपक्कमा ।
देशमा कमाइ नभई जान्छन् जो परदेश
सजिलो बीमा लिई तिर्दा शुल्क सीमित ।
व्यापारी व्यवसायी जोखिम धेरै मोल्दा
समुन्ति राम्रो हुन्छ शुल्क थोरै तिर्दा ।
बचत कमै भएता पनि जोखिम सबै बोक्ने
सबैभन्दा उत्तम बीमा सधैँभरि बिक्ने ।
व्यक्ति पनि फरक हुन्छन् कोही कोही कस्ता ?
कतिले त तिर्छु भन्छन् एकैपटक किस्ता ।
एकल भुक्तानी बीमा पनि अनौठो नै मान्छौँ
करिब करिब ६५ प्रतिशत शुल्कमात्र तिर्छाैं ।
कुरा गर्दागर्दै मात्र बीमा सावधिक
अझै बाँकी छ है भन्न बीमा आवधिक ।
एकपटक शुल्क तिर्ने जोखिममात्र बोक्ने
बन्दुकजस्तै गोली ठोक्ने जोखिम पूरै बोक्ने ।
दैनिक जान्छन् सय बीस नेपाली रोजगारी खोजीमा
ढुक्क हुँदै वैदेशिक रोजगार बीमा बोकी गोजीमा ।
यतिमात्र सीमित होइन है जीवन बीमामा ज्ञान
पूरक करार बाँकी नै छ तिमी अब जान ।
बीमित कुनै कतै दुर्घटनामा परेमा
दिन्छ रकम दुई गुणा मान्छे पनि मरेमा ।
रोगमात्र कहाँ हो र दुर्घटना जोखिम पनि बोक्दछ
पूर्ण अशक्त भएमा बीमांक रकम भुक्तानी गर्दछ ।
प्रस्तावक कुनै पनि कारण मृत्यु भएमा
बीमितले पाउनेछ तलब प्रत्येक महिना ।
शुल्क छुट कुरा नै नगरु
प्रस्तावक मरे बीमा हुन्छ सुचारु ।
दुर्घटनामा परेर आईसीयूमा बसेमा
उपचार खर्च आउँछ अपरेसन गरेमा ।