काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाव विवरणमा छुट्याएर १४ प्रतिशत बोनस शेयर र ०.७३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरि पारित भएको छ ।
साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कम्पनीको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीले २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको जनाइएको छ ।