IME Life New

काठमाडौं महानगरको श्रम बैंकमार्फत निजी र सरकारी क्षेत्रमा ९१२ जनाले पाए रोजगारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिाको श्रम बैंकमार्फत ९१२ जनाले निजी र सरकारी क्षेत्रमा रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीमा र ५८३ जना महानगरका विभिन्न विभागमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।

महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ’श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको छ। यसको सुरुआत भएको आर्थिक वर्ष २०८०।८१ मा ‘सीप मेला–२०८१’ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेका छन्। यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्।

Esewa
Crest

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवायुवती रोजगार÷स्वरोजगार भएका छन्। महानगरको सानो प्रयासले १ आर्थिक बर्षमा १७०० भन्दा बढीले रोजगार÷स्वरोजगार भएका छन्। ‘यद्यपि यो हाम्रो लक्ष्यभन्दा धेरै सानो संख्या हो’, मेयर बालेन साहले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘आर्थिक वर्ष २०८१।८२ मा दुवै योजनालाई थप परिस्कृत गरी लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरी बजेट तथा कार्यक्रम तयार गरेका छौँ। सीप मेलामा फर्म भर्नुभएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ। समय र स्थान एसएमएसमार्फत जानकारी गराउने छौँ।’

‘तपाइहरुको व्यवसाय, संघसंस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौं प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंकमार्फत सम्पर्क गरी सेवा लिन सक्नुहुनेछ’, मेयर बालेनले लेखका छन्, ‘एउटै पदका लागि १० जनाभन्दा बढी जनशक्ति आवश्यक भएमा तपाइँहरुकै सिलेबल्समा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS