IME Life New

महँगियो पेट्रोलको भाउ, कति पुग्यो दाम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्धनको भाउ महँगिएको छ। पेट्रोल र डिजेलको भाउ महँगिएको हो। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो।

Esewa
Crest

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ। सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ।

डिजेल र मट्टीतेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज वरपर प्रतिलिटर १५७ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङ वरपर १५९ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६४.५० रुपैयाँ थियो। सुर्खेत र दाङ वरपर १६६ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६७ रुपैयाँ थियो।

डिजेल र मट्टीतेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज वरपर प्रतिलिटर १५४.५० रुपैयाँ थियो। सुर्खेत र दाङ वरपर १५६ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५७ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

64%
sad

दु :खी

18%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS