Connect IPS
IME Life

महँगियो पेट्रोलको भाउ, कति पुग्यो दाम ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्धनको भाउ महँगिएको छ। पेट्रोल र डिजेलको भाउ महँगिएको हो। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो।

Prabhu
Crest

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ। सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ।

डिजेल र मट्टीतेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज वरपर प्रतिलिटर १५७ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङ वरपर १५९ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६४.५० रुपैयाँ थियो। सुर्खेत र दाङ वरपर १६६ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६७ रुपैयाँ थियो।

डिजेल र मट्टीतेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज वरपर प्रतिलिटर १५४.५० रुपैयाँ थियो। सुर्खेत र दाङ वरपर १५६ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५७ रुपैयाँ थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS